काठमाडौँ– खेलाडीको वीमासम्बन्धी प्रतिनिधिसभाको बैठकमा कुरा उठेको छ । संसद्मा नेकपा एमालेका सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको बिमा, १३औं दक्षिण एसियाली खेलकुदलगायतको विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने कुरा उठाएका हुन् ।


ADVERTISEMENT


उनले संसद्मा बिहीबार बोल्ने क्रममा देशको प्रतिष्ठासँग जोडिएका खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण तयार गर्नका लागि बिमा गर्ने व्यवस्था बजेटमार्फत नै हुनुपर्ने धारणा राखेका थिए । ‘खेलाडीको आत्मबल वृद्धि हुने गरी उनीहरूको वास्तविकतामा आधारित बजेटको आवश्यकता रहेको छ,’ उनले भने ।


ADVERTISEMENT

# # #


त्यसैगरी, उनले सन् २०१९ मा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदको आयोजनाका लागि पूर्वाधार निर्माणलगायतको विषयमा सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पनि अध्यक्ष हुन् । ‘१९८४ मा पहिलोपटक नेपालको राजधानी काठमाडौंबाट दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । त्यसैगरी, १९९९ मा नेपालले दोस्रोपटक प्रतियोगिताको आयोजना गरेको थियो । यसपटक तेस्रोपटक सो प्रतियोगिता गर्ने अवसर पाएको छ । यसलाई हामीले गुमाउनु हुँदैन,’ उनले भने, ‘यसका लागि सरकाले विशेष ध्यान दिनका लागि म ध्यानआकर्षण गराउन चाहान्छु ।