काठमाडौं–इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।


ADVERTISEMENT


कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन बनाए । कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले १५ ओभर १ बलमा ८८ रनमा अलआउट भएको थियो । आरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए ।


ADVERTISEMENT

# # #


बलिङतर्फ उमेश यादवले तीन विकेट झारे । उनी प्लेयर अफ दि म्याच भए ।

पन्जाबको दोस्रो कम रन
पन्जाबले बनाएको ८९ रन आईपीएलको जारी सिजनमा दोस्रो कम स्कोर हो । यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन बनाएको थियो । यसअघि २०१७ मा उसले पन्जाबले पुणे सुपरजाइन्ट्सविरुद्ध ७३ रन बनाएको थियो ।

यसैगरी सन् २००९ मा राजस्थान रोयल्सले ५८ र २०१० मा डेक्कन चार्जर्सले ८२ रन बनाएका थिए । केएल राहुल २१ र क्रिस गेल १८ रन बनाएर उमेश यादवको बलमा आउट भएका थिए । करुण नायरलाई १ रनमै मोहम्मद सिराजले आउट गरेका थिए ।

मार्कस स्टोइनिसलाई २ रनमा युजवेन्द्र चहलले बोल्ड गरे । पन्जाबको ५० रन पूरा हुँदासम्म चार व्याट्सम्यान पेभिलिय फर्किइसकेका थिए । ६१ को स्कोरमा मयंक अग्रवाले पनि २ रन बनाएर आउट भए ।

कोहलीले वार्नरको रेकर्ड तोडे
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पन्जाबविरुद्ध ३४ रन बनाउँदै यस सिजनमा आफ्नो ५ सय रन पूरा गरे ।

एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौपटक बनाउने कोहली पहिलो व्याट्सम्यान हुन् । उनीपछि डेभिड वार्नर दोस्रो स्थानमा छन् । वार्नरले चौथो पटक यो उपलब्धि हासिल गरेका छन् ।