काठमाडौं–मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूले जागिरभन्दा पनि सेवामूलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिन हेटौंडामा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था गरिने बताएका छन् ।


ADVERTISEMENT

# # #


उहाँले विश्वका ठूला मुलुक अमेरिका, युरोपमा पुरुष पनि नर्सिङ सेवा दिँदै आएका छन् तर नेपालमा भने यो व्यवस्था नभएकै कारण हालसम्म नर्सिङ पढ्न सरकारले महिलालाई मात्र अवसर दिने गरेको छ । आगामी आर्थिक वर्षमा पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनी व्यवस्थाका लागि पहल गर्ने बताएका छन् । – आजको नेपाल समाचारपत्रबाट