काठमाडौँ– सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दलको विरोधका बाबजुद प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव संसदमा पेश गराएको छ ।


ADVERTISEMENT


व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी एमाले लगायत ११ दलका सांसदले गरेको विरोध र नाराबाजीका बीच महाभियोग प्रस्ताव टेबल भएको जनाउ दिएकी हुन् ।


ADVERTISEMENT

# # #


सभामुख घर्तीले व्यापक नाराबाजी र विरोधका बीच संविधानको धारा १ सय १ को उपधारा २ एवं व्यवस्थापिका संसद सञ्चालन नियमावलीको धारा १ सय ६८ को उपनियम १ बमोजिम सांसद मिनबहादुर विश्वकर्मासहित २ सय ४९ जना सांसदले सचिवालयमा दर्ता गराएको सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीश शुशिला कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथि छलफलका लागि व्यवस्थापिका संसद संचालन नियमावलीको नियम १ सय ६८ को उपनियम २ बमोजिम आजै अपरान्ह १ बजे बस्ने गरी स्थगित गरेकी छन् ।

सभामुखले बैठक सुरु भएको जनाउ दिएलगत्तै एमाले लगायत ११ दलका सांसदहरुले सो प्रस्तावको विरोधमा नाराबाजी गर्दै सभामुखको बेल घेरेका थिए । एमाले लगायतका विपक्षी दलले महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आए पनि सभामुख घर्तीले संसदमा सो प्रस्ताव टेबल गराएकी हुन् ।