काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सांसद गगन थापालाई जवाफ फर्काएका छन् । संसदबाट थापाले सोमबार संसदमा प्रधानमन्त्रीले भारतले नाकाबन्दी गर्दैन भनेर जिम्मा लिदैँगर्दा प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्‍यो कि परेन भनेर सोध्न पाउने कि नपाउने’ भनेर तर्क गरेका थिए ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले गगनको प्रश्नको जवाफ मंगलबार एमाले भातृ संगठन युवा संघको कार्यक्रम मार्फत दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘उहाँहरुको बोलाई म सुन्दै छु। घुँडामा भ्वाङ पर्‍यो होला’, प्रधानमन्त्रीले राष्ट्रिय सभा भवनमा घुँडा खुम्च्याउँदै अभिनय प्रस्तुत गर्दै भने, ‘मैले यसपटक संविधान संशोधन गर्न सकिन हजुर… अर्को पटक गर्छु, माफ पाउँ भनेको छ र! घुँडामा भ्वाङ पर्नलाई ?’

ओलीले थापालाई जवाफ फर्काउँदा नमस्कार गर्दै निहुरिएर अभिनय गरेर देखाएका थिए । थापाले कडा शब्दमा व्यङ्ग वाण गरेपछि मंगलबार प्रधानमन्त्रीले पनि प्रतिउत्तर फर्काएका हुन् । प्रधानमन्त्री ओली संसद बैठकमा भने सहभागि भएका थिएनन् । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे जानकारी दिदैँ आइतबार ओलीले भारतले अब कहिल्यै नाकाबन्दी नगर्ने बताएका थिए ।

ओलीले भारतको जिम्मा लिएको भन्दै थापाले सोमबार संसदमा भनेका थिए – ‘भारतसँग कुराकानी मात्र गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भनेर भन्नु भएको थियो, मैले भनेको होइन‘ हिजो भारतको जिम्मा लिएर यो रोष्टममा उभिएर बोल्ने प्रधानमन्त्रीलाई मैले भन्न पाउने कि नपाउने हिजो घाउ भयो तपाँइले भन्नु भएको थियो। तपाँइको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनेर मैले सोध्न पाउने कि नपाउने ?’