• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

माघ २६, २०८२ |

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

480
SHARES
ShareTweet

काठमाडौँ – नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।


ADVERTISEMENT


नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटी आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा आफ्नो कार्यकाल सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । साथै उनले सुन्दर देश नेपालको बसाइँ सुखद रहने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति तथा लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी पनि दिए। यस क्रममा संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उनले धन्यवाद पनि ज्ञापन गरे ।

यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको तथा भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पुर्याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिए ।

“हामी निकै असहज अवस्थामा आएका थियौँ । शान्ति सुव्यवस्था र कानुनको शासन बहालीका निम्ति पहिलो काम गर्यौँ । छोटो समयमै हामीले शान्ति बहाल गर्न सफल भयौँ । थप द्वन्द्व चर्किन नदिन निकै सतर्कताका साथ अघि बढ्यौँ । त्यसपछि हामीले शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर सम्पूर्ण शक्तिका साथ काम गरिरहेका छौँ । अब निर्वाचन पनि सम्पन्न हुने चरणमा छ”, प्रधानमन्त्री कार्कीले भने, “संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद छ ।”

प्रधानमन्त्री कार्कीले राष्ट्र सङ्घीय निकायहरुमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीका लागि पनि सराहना गरे । राष्ट्र सङ्घले आगामी दिनमा नेपालको प्राथमिकता र आवश्यकतामा आधारित आफ्ना कार्यक्रम सञ्चालन तथा सरकारसँग साझेदारी गर्ने उनले विश्वास व्यक्त गरे ।

नवनियुक्त संयोजक याहियाले विषम् परिस्थितिमा प्रधानमन्त्री बन्नुभएकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकामा बधाई दिँदै यस प्रक्रियामा पूर्ण सफलता मिल्ने भन्दै शुभकामना व्यक्त गरे ।

“देशका लागि यो महत्त्वपूर्ण समयमा नेपालमा संयुक्त राष्ट्र सङ्घको टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । युवाका लागि रोजगारी सिर्जना, शान्ति, समावेशिता तथा जलवायुजस्ता राष्ट्रिय प्राथमिकतामा सहयोग गर्न संयुक्त राष्ट्र सङ्घ पूर्ण रूपमा प्रतिबद्ध छ”, उनले भने ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousन्यूनतम दररेटमा दाबी गर्न अस्पताललाई निर्देशन
Nextखाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

ताजा खबर

  • पोखरामा ८ हजारभन्दा बढीको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न
  • गन्तव्यमा पुगेर मात्र रोकिन्छ, सरकारको ‘एक्स्प्रेस’ गाडी :प्रधानमन्त्री बालेन्द्र शाह
  • चुपचाप घण्टी छापलाई अब सुशासन र विकासमा रूपान्तरण गर्नुस् : बाबुराम भट्टराई
  • रास्वपाको सफलताका लागि कांग्रेस सधैं सकारात्मक रहन्छ: सभापति थापा
  • रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीको चेतावनी सरकारमा सहभागी हुँदा राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलता बुझ्नुपर्ने

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved