काठमाडौँ– हिमालयन बैंक लिमिटेडले दुई गाउँपालिकाहरुमा आफ्ना शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


शाखा विस्तार गर्ने क्रममा बैँकले क्रमशः बारा जिल्लाको प्रसौनीमा बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा ३० गते देखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


उक्त शाखाहरुबाट बैंकले ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुने बैँकले जनाएको छ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।