काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।


ADVERTISEMENT


दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । यसअघि दुई अध्यक्षबीच भएको सहमतिअनुसार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, चुनाव चिन्ह सूर्य रहनेछ ।


ADVERTISEMENT

# # #


मदननगर बल्खुमा रहेको नेकपा एमालेको पार्टी कार्यालय भूकम्पमा क्षति पुगेपछि धुम्बाराहीमा अस्थायी रुपमा राखिएको छ । त्यसैले अहिले पार्टीको सम्पर्क कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको स्रोतले जानकारी दियो ।

यस्तै पार्टीमा ९ सदस्यीय ‘हाइकमाण्ड’ बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो ।

यी पनि पढ्नुस्

– आजै विघटन हुँदै एमाले र माओवादी केन्द्र, जन्मियो ‘नेपाल कम्युनिष्ट पार्टी’

– यी हुन् पार्टी एकतापछिको स्थायी कमिटीका ४३ सदस्य (सूचि)

– अणुवमले पनि मार्न नसक्ने विरुवा रोप्दै ओली र प्रचण्डले गरे एकताको उदघोष

– एमाले र माओवादी केन्द्र अब इतिहास मात्र !