काठमाडौं – एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी एकता प्रक्रियाका क्रममा अधिकांश बैठक बिहीबार पनि बालुवाटारमा नै बसेको थियो । सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो भने एमालेलेको केन्द्रीय कमिटीको अन्तिम बैठक पनि त्यही बसेको थियो ।