काठमाडौँ– पल्सर स्पोर्टस अवार्डको वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड क्रिकेटका कप्तान पारस खड्काले जितेका छन् ।


ADVERTISEMENT


नेपाल खेलकुद पत्रकार संघले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डमा कप्तान पारसले अन्य तीन प्रतिस्पर्धीलाई पछाडी पार्दै अवार्ड उचालेका हुन् । उक्त विधाका लागि क्रिकेटकै सन्दिप लामिछाने, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टङकबहादुर कार्की मनोनयनमा परेका थिए ।


ADVERTISEMENT

# # #


नेपाली क्रिकेटलाई सफलताको उचाईमा पुर्याउने नायक तथा पछिल्लो पटक एतिहासिक एक दिवशीय मान्यता दिलाएका कप्तान पारसले ब्यक्तिगत रुपमा पनि २०७४ सालमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले विश्वकप छनोटमा दुई सय ३१ रन बनाउँदा डिभिजन २ मा १ सतक र १ अर्धसतक सहित २ सय ४१ रन बनाएका थिए ।
परस्कार ग्रहण गर्दै कप्तान पारसले आफू यस पुरुस्कारबा सरप्राइज रहेको बताए । उनले सन्दीप लामिछानेले यो अवार्ड जित्ने साचेपनि आफूलाई प्रदान गरेकोमा धन्यवाद दिए । यस्तै उनले नेपाली क्रिकेटलाई अझ माथि लैजान सक्दो प्रयास गर्ने बताए ।

यता सन्दीप लामिछाने उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । क्रिकेटकै दीपेन्द्र सिंह ऐरी लगायतलाई पछिपार्दै उनले उक्त अवार्ड जितेका हुन् । सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् । यस्तै सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा वर्षका उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
त्यस्तै टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले पिपुल्स च्वाइस अवार्डको अवार्ड जितेका छन् ।