काठमाडौं–समयमै काम सम्पन्न नगरेको भन्दै प्रहरीले कास्कीका एक ठेकेदारलाई पक्राउ गरेको छ।


ADVERTISEMENT


पृथ्वी राजमार्गको गगनगौरादेखि लेखनाथसम्मको १४ सय मिटर सडक गत असारमा मर्मतसम्भार सक्ने सम्झौता भए पनि काम अझै नसकिएकाले ठेकेदार सुरेन्द्र बस्नेतलाई शुक्रबार साँझ पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘गएको असारमै काम सक्ने सर्तमा बस्नेतले २ करोड ४४ लाखको ठेक्का पाएका रहेछन्, काम अझै पूरा नभएपछि ढिलासुस्ती बारे बुझ्न पक्राउ गरिएको हो,’ एसपी रानाले स्रोतसँग भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरी अनुसन्धान अघि बढाउँछौं ।

गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने र ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्न बिहीबार जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका थिए ।