काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र विकाससंगै सुशासन कायम गर्न आफ्नो पार्टी स्थापना भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार उज्यालो पार्टी कार्यालय त्रिपुरेश्वरमा आयोजित राष्ट्रिय उज्यालो फ्रन्ट रामेछाप गठन कार्यक्रममा अध्यक्ष घिसिङले कुनै दर्शन वा राजनीतिक परिवर्तनका लागि मात्रै नभई सुशासन कायम गर्दै, देशभित्रै रोजगारी सृजना गरेर युवाहरुलाई देशमा नै बस्ने वातावरण निर्माणका लागि आफ्नो पार्टी सथपना भएको बताएका हुन् । राजनीतिक परिवर्तन र दर्शनका लागि धेरै समय खेर फालेको भन्दै उनले अब आर्थिक क्रान्ति र परिर्वतनमा ध्यान दिनुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


उनले मुलुकको विकास नभएसम्म राजनीतिक परिवर्तनको मात्रै कुराले कुनै अर्थ नराख्ने उल्ल्ेख गरे । आर्थिक रूपान्तरणको कुरा नगरिकन, अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो रहेको उनको भनाई छ ।

कार्यक्रममा विभिन्न दल आवद्ध युवाहरुलाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।