काठमाडौं–अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।


ADVERTISEMENT


आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् ।


ADVERTISEMENT

# # #


विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट (दक्षिण पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका हुन् । – आजको नागरिक दैनिकबाट