काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताबीच आरोप प्रत्यारोप सुरु भएको छ ।


ADVERTISEMENT


मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सात वटा समिति बनाएको थियो । भ्रमणपछि सात वटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छैनन् । प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबीच खर्चलाई लिएर आरोप प्रत्योरोप चलेको छ ।


ADVERTISEMENT

# # #


समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन् । रौतहटका प्रदेश सभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन् । – आजको नागरिक दैनिकबाट