काठमाडौं । युवा संघ नेपालले जेठ ८ गते बिहान ११ बजे केन्द्रीय समिती बैठक डाक्ने निर्णय गरेको छ । शुक्रबार संघको केन्द्रीय कार्यालयमा बसेको बैठकले सोही दिन नवनियुक्तहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम समेत रहेको संघका उपाध्यक्ष पर्शुराम बस्नेतले हिमालय पोष्टलाई जानकारी गराएका छन् ।


ADVERTISEMENT


गत जेठ १ गते संघले मनाएको आफ्नो २८ औँ स्थापना दिवश भब्य र सफल बनेको संघले निष्कर्ष समेत निकालेको छ ।


ADVERTISEMENT

# # #


माउ पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीच भएको ऐतिहाँसिक पार्टी एकतालाई संघले स्वागत गरेको छ । एकतामा महत्वपूर्ण योगदान पूर्याउनुहुने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताहरुलाई बिशेष धन्यबाद ज्ञापन गरिएको बस्नेतले जानकारी दिए ।

अध्यक्ष रमेश पौडेलले संघलाई एककिृत नेपाल कम्युनिष्ट पार्टीको निर्देशन अनुसार थप शसक्त, एकढिक्का र जुजारु बनेर अघि बढाउने बैठकमा प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।