काठमाडौं–नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले आइपीएलको आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरी सबैको मन जित्न सफल भएका छन् । शुक्रबार आईपीएलको यस सिजनमा उत्कृष्ट लयमा देखिएको महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किंग्समाथि दिल्लीको सानदार जितमा सन्दीपले महत्वपूर्ण भूमिका खेलेका थिए ।


ADVERTISEMENT


चेन्नइविरुद्धको खेललमा सन्दीपले ‘इस्टालिस प्लेयर अफ दी म्याच’ को पुरस्कार समेत पाउन सफल भए ।
आफ्नो चार ओभरमा २१ रन खर्चेर एक विकेट लिन सफल भएका सन्दीप लामिछानेले धोनी र सुरेश रैनाको महत्पूर्ण जोडीको साझेदारी तोडेका थिए ।


ADVERTISEMENT

# # #


जिततर्फ अग्रसर भएको चेन्नइका लागि चौधौं ओभरको पहिलो बलमा सन्दीपले रैनाको विकेट लिएपछि नै खेल दिल्लीको पक्षमा ढल्किएको थियो ।

पुरस्कार स्वरुप सन्दीपले १ लाख भारु पाएका छन् ।

यस खेलमा ‘म्यान अफ दी म्याच’ को पुरस्कार भने अलराउण्डर हर्सल पटेल प्राप्त गरे ।