काठमाडौं–विवेकशील साझा पार्टीले प्रदेश ३ संयोजकको जिम्मेवारी समीक्षा बाँस्कोटालाई दिएको छ ।


ADVERTISEMENT


विवेकशीलले शनिबार एक विज्ञप्ति जारी गर्दै बाँस्कोटालाई प्रदेश संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बनेकी बाँस्कोटा कानुनकर्मी तथा व्यवसायी हुन् ।

३४ वर्षीया बाँस्कोटा काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक तथा अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमै स्नातकोत्तर हुन् ।