काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले युवा संघ नेपाल र सबै युवा शक्ति पार्टी एकताको भावना अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


युवा शक्ति विना देश विकास सम्भव नरहेको वताउँदै गौतमले देश विकासको मेरुदण्ड युवा तथा विद्यार्थी रहेको भन्दै आम युवा शक्तिलाई विकास र समृद्धिको अभियानमा परिचालन गर्न निर्देशन समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


युवा संघ नेपालले आयोजना गरको वधाई तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले अब सबै कम्युनिष्टहरु एक भएर विकास र समृद्धिको गतिमा देशलाई दौडाउने समेत बताए ।

अध्यक्ष रमेश पौडेलले देशको विकास, समृद्धि, शुसासन र रोजगारीका लागि युवा संघ पार्टी तथा सरकारको निर्देशन अनुसार अघि बढ्न तयार रहेको समेत बताएका छन् ।

कार्यक्रममा संघका उपाध्यक्ष पर्शुराम वस्नेत, सचिव अञ्जना अधिकारी लगायत केन्द्रीय कमिटिका पदाधिकारीहरु रहेका थिए ।