काठमाडौं–सोनम कपुरको बिहेमा आलिया भट्ट रणवीर कपुरसँग पुगेकी थिइन् । पछिल्लो केही समयअघिदेखि उनीहरूबीच अफेयरको हल्ला चलिरहेको छ । सोनमको बिहेमा सँगै जानुले अफेयरको खबर पुष्टिमा थप बल मिलेको छ ।


ADVERTISEMENT


भारतीय मिडियाले आलिया र रणवीर निकै नजिक रहेको उल्लेख गर्ने गरेका छन् । झन् बिहेमा सँगै पुगेपछि त मिडियालाई के चाहियो र ? अचेल अनेक कोणबाट उनीहरूको सम्बन्धबारे समाचार आइरहेका छन् ।


ADVERTISEMENT

# # #


आलियाले आफूलाई रणवीर मन पर्ने कुरा सन् २०१३ मै बताएकी थिइन् । त्यतिवेला उनले कफी बिथ करण कार्यक्रममा रणवीर आफ्नो क्रस भएको बताउँदै उनीसँग बिहे गर्न चाहेको खुलासा गरेकी थिइन् । रणवीरले पनि हालै एउटा अन्तर्वार्तामा आलिया अचेल आफ्नो क्रस भएको बताएका थिए ।

त्यति मात्रै होइन, उनले राजी फिल्मलाई लिएर आलियाको निकै प्रशंसा पनि गरेका थिए । कैट्रिना कैफसँग ब्रेक गरेका रणवीर र सिद्धार्थ मल्होत्रासँग छुट्टिएकी आलिया अहिले प्रेममा मस्त छन् । उनीहरूको अफेयर कति दिन टिक्ने हो, बलिउडमा चर्चा चल्ने गरेको छ ।