काठमाडौं–हात हतियारसहित बर्दिबास नगरपालिका–३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ । भोले बाबाको भेषमा अपराधिक तथा यौनजन्य क्रियाक्लाप गर्ने आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रविण पोखरेलले बताए ।


ADVERTISEMENT


रक्सीको नसामा चप्पल लगाएर मन्दिर परिसरमा प्रवेश गरेको भन्दै बाबा बलम्पाकीको समूहले बर्दिबास नगरपालिका–३ पाटुका २९ वर्षीय रमेश परियार र ४० बर्षीय माधव ढुङ्गेललाई मंगलबार कुटेर गम्भीर घाइते बनाएका थिए । कुटाईबाट रमेशको बाँया खुट्टा भाँचिएको छ भने आँखामा गहिरो चोट छ । माधवको कम्मर खुस्किएको छ। दुवै जनाको शरीरभरी निलडाम छन् ।


ADVERTISEMENT

# # #


घाँस काट्न गएका परियार बलम्पाकी मन्दिर परिसरमा झुक्किएर चप्पल लगाएर पुगेका बताएका छन् । लागूऔषध गाँजाले लठ्ठिएका बलम्पाकीले आफ्ना मान्छे लगाएर ती युवाहरुको कुटपिट गरी बेहोस् पारेर जंगलमा फालेका थिए ।

राति १ बजे जंगलबाट उद्धार गरेर स्थानीयले घाइतेलाई अस्पताल भर्ना गरे । बाबालाई कारबाहीको माग गर्दै उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

बर्दिबास प्रहरीले छलफलको लागि शुक्रबार कार्यालयमा बोलाएको थियो । भोले बाबाको भेषमा मन्दिरका मुख्य पुजारी पलम्पाकी भारतीय नम्बरको स्कारपियोमा आफ्ना १० जना समर्थकसहित प्रहरी कार्यालयमा उपस्थित भए ।

हतियारसहित प्रहरी कार्यालय आएका उनलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ । देवी देवताले सताएर मन्दिर पुग्नेलाई कुटपिट गरेर बाबा बलम्पाकीले उपचार गर्ने गरेका छन् । जंगल र खोलाको भिरको सुनसान ठाउँमा राईमण्डल इन्देश्वर महादेव मन्दिर पर्छ ।

झारफुकको लागि मन्दिर पुग्ने मानसिक रोगीलाई बाबाले गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस् बनाएर कुटपिट गरी उपचार गर्ने गरेको स्थानीयको भनाई छ । झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिना दिनसम्म राखेर यौन शोषण गर्ने गरेको स्थानीयले बताएका छन् ।

मन्दिरमा अहिले ६ जना बालिकासहित युवती र महिलासहित १५ जना बस्ने गरेका मन्दिरका एक बाबाले बताए । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले घटना अनुसन्धान भइरहेको जानकारी दिए ।