काठमाडौं–सेयरबजारमा यो साता कारोबार ४५ प्रतिशतले घटेको छ । गत साता सेयर बजारमा दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


ADVERTISEMENT


यो साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । गत साता भने साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । त्यसैगरी गत साता ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएकोमा यो साता २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।


ADVERTISEMENT

# # #


साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ३९.६५ अंक कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा ०.१२ अंकले बढेर २ सय ८२.३० अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम र कारोबार सेयर संख्याको आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा देखिएको थियो ।