काठमाडौं–डोल्पामा एक होटेल व्यवसायी वृद्धसहित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुई जना महिला कर्मचारीमाथि कुटपिटमा संलग्न २ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा जुम्ला गोठीचौर गाँउपालिका वडा नं ३ गज्रयाङोट बस्ने बर्ष ३० का कुम सिंह बिक, सोही ठेगानाका ३ं० वर्षीया मनोज बिकलाई नियन्त्रणमा लिएर जिप्रका डोल्पामा ल्याईएको छ भने अन्य चार जनालाई जुम्ला चोत्रबाट प्रहरीले नियन्त्रणमा लिएर जिप्रका जुम्लामा पुर्र्याएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जगदुल्ला गाँउपालिका अन्तर्गत पर्ने नाउली लेकमा होटेल ब्यबसाय गर्दै आएका वृद्ध कृत सिंह महरा र शे–फोक्सुन्डो निकुञ्जबाट यार्सागुम्बा संकलनको प्रवेश शुल्क उठाउन नाउली पोष्टमा खटिएका जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नं १० गैरागाँउ घर भएकी सर्मीला हमाल र सोही जिल्ला तातोपानी गाँउपालिका वडा नं ५ घर भएकी जयन्ती न्यौपानेलाई दश जनाको समुहमा आएको टोलीले कुटपीट गरेको निकुञ्जले जनाएको छ ।

अत्याधिक मादकपदार्थ सेवन गरेर राति आएका उनीहरुले डोल्पाका यार्सागुम्बा पाटनहरुमा यार्सागुम्बा चोरी निकाशी गर्ने हामी नै हौँ, कसले के गर्न सक्छ भन्दै धम्काएको र कुटपीट गरेको पीडितहरुले बताए । घटनामा संलग्न बाँकी चार जना अझै फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । घाइते महताराको उपचार जिल्ला अस्पताल डोल्पामा भईरहेको छ ।