काठमाडौं–एफए कपको उपाधी चेल्सीले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले उपाधि उचालेको हो । २२ औं मिनेटमा पाएको पेनाल्टीलाई इडान हाजार्डले गोलमा परिणत गरे । यही गोल नै उपाधिको लागि पर्याप्त भयो ।


ADVERTISEMENT


म्यानचेस्टर युनाइटेडका लागि एलेक्सिस सान्चेजले गरेको गोल अफसाइड भएकाले मान्यता पाएन । रेफ्री माइकल ओलिभरले भीएआरको प्रयोग गरी गोलको मान्यता नदिने निर्णय लिएका थिए । म्यानचेस्टरले चेल्सीको पोस्टमा केही उत्कृष्ट प्रहार गरे पनि गोल रक्षकले बचाउ गरेका थिए । अन्ततः म्यानेचस्टर हार्न बाध्य भयो । यो हारसँगै उ यस सिजनमा उपाधीविहीन भएको छ ।


ADVERTISEMENT

# # #