काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई ठूला पार्टीको एकताले नेपाली कांग्रेसलाई असर नपर्ने बताएका छन् । तरुण दल काठमाडौंले शनिबार काठमाण्डौमा गरेको जिल्लास्तरीय सम्मान तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिल्दैमा नेपाली कांग्रेसको आस्था र वजनमा कमी नआउने बताएका हुन् ।


ADVERTISEMENT


उनले नेपाली कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्न सक्ने हो भने फेरि पनि जनताको विश्वास आर्जन गर्न सकिने उनको भनाइ थियो । विगतमा मुलुकका ठूला–ठूला परिर्वतनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेको भन्दै उनले नेतृत्व तहबाट नै पार्टीको आर्दश र सिद्धान्तलाई केन्द्रमा राखेर काम गर्ने हो भने फेरि पनि जनताले कांग्रेसलाई ठूलो पार्टीको रूपमा स्थापित गराउने दाबी गरे ।


ADVERTISEMENT

# # #


नेता सिंहले स्पष्ट बहुमत रहेको भन्दै घमण्ड गर्नुको सट्टा विधि, विधान र प्रक्रिया सम्मत ढंगले अघि बढ्न सरकारलाई सचेत गराए । उनले संघीय संसद कार्यसञ्चालन नियमावलीमा सत्तारुढ दलले सहमति तोडेर बहुमतको अहम् देखाएको टिप्पणी गरे ।

मस्यौदा समितिमा सहमति भइसकेका विषयमा संशोधन प्रस्ताव दर्ता गरेर सत्तारुढ दलले नेपाली कांग्रेसका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाए । यातायात व्यवसायीलाई तर्साउने, धम्काउने र हत्तोत्साही गर्ने सरकारी गतिविधिको विरोध गर्दा कांग्रेस सिण्डिकेट पक्षधर भनी आरोप लगाउने काम भएको टिप्पणी गरे ।