काठमाडौं–इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।


ADVERTISEMENT


यो उनको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औं खेलमा मात्रै उनले डेब्यु गर्ने मौका पाए । मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् ।


ADVERTISEMENT

# # #


सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए । उनले पार्थिव पटेलको विकेट लिएर आईपीएलमा विकेटको श्रीगणेश गरे ।

उनले सो खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए । यो खेल भने दिल्लीले हार्यो। तर शुक्रबारको खेलमा भने सन्दीपले ४ ओभरमा २१ रन दिएर एक मात्र विकेट सुरेश रैनाको रूपमा हात पारे ।

रैनाजस्ता आक्रामक ब्याटसम्यानलाई गुगली बलिङ गर्दै क्याच आउट गराएका थिए । यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र उनको हातमा पर्यो १ लाख भारु ।

आजको खेलमा सन्दिपले चमत्कार देखाउने–नदेखाउने खेल हेर्न बाँकी नै छ ।