काठमाडौं–एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।


ADVERTISEMENT


बैठक आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एक मन्त्रीका अनुसार आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा छलफल हुनेछ । सरकारले जेठ सात (भोलि) गते नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।

यसअघि एमाले र माओवादी सरकारमा थिए भने गत फागुन ३ गते पार्टी एकतापछि सरकारमा एक दल (नेकपा) मात्रै भएको छ ।