काठमाडौँ – सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने योजना बनाएको छ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्या भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो बताएकी हुन् ।


ADVERTISEMENT


नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले १५ हजार मेघावाटको लक्ष्य प्राप्तिका लागि विभिन्न किसिमका वैकल्पिक उर्जा पनि सञ्चालन गरिने बताइन् ।


ADVERTISEMENT

# # #