एजेन्सी–अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् । वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष’ गरिरहेको देख्न सकिने बताए ।


ADVERTISEMENT


उनले भने, ‘इरानको आक्रामक व्यवहार रोक्नका लागि’ पेन्टागन र क्षेत्रीय सहयोगीसँग मिलेर काम गर्नेछौं ।’ यो महिनाको सुरुवातमा नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाएका थिए ।


ADVERTISEMENT

# # #


प्लान बीः
अमेरिकाका विदेशमन्त्रीको रुपमा विदेश नीतिको विषयमा आफ्नो पहिलो महत्वपूर्ण भाषणमा पोम्पियोले इस्लामिक गणतन्त्रसँग लड्नका लागि ‘प्लान बी’ को घोषणा गरे । उनले इरानसँग ‘नयाँ सम्झौता’ का लागि १२ शर्त राखे । यी शर्तमा सिरियाबाट आफ्नो फौजलाई फिर्ता बोलाउने र यमनमा विद्रोहीको समर्थन गर्नेलगायतका विषय समावेश छन् ।

अन्य प्रमुख शर्त यसप्रकार छन्ः
– अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए) लाई आफ्ना पूर्व न्यूक्लियर मिलिट्री प्रोग्रामको पूरा जानकारी दिनु र यो कामलाई सधैंका लागि त्याग्नु ।

– आफ्ना छिमेकी देशलाई ‘धम्की दिने किसिमको व्यवहार’ बन्द गर्नु । यसमा इजराइललाई ध्वस्त गर्नु र साउदी अरब र यूएईमा मिसाइल प्रहारको धम्की समावेश छन् ।

– झुटा आरोपमा पक्राउ परेका र इरानमा हराएका अमेरिकी र उसका सहयोगी देशका नागरिकलाई रिहा गर्नु ।

पोम्पियोका अनुसार इरानलाई प्रतिबन्धबाट त्यतिबेला फुकुवा गरिनेछ जब अमेरिकाले वास्तविक रुपमा कुनै परिवर्तन देख्नेछ ।

उनले भने, ‘हामी इरानी प्रशासनमाथि कडा वित्तिय दबाब बनाउनेछौं । तेहरानका नेतालाई हाम्रो गम्भीरतामाथि कुनै संदेश हुने छैन ।’

‘इरानमाथि मध्यपूर्वमा हावी हुनका लागि दोस्रोपटक कुनै ताकत हुने छैन ।’

इरानद्वारा निन्दा
यता, पोम्पियोको सो बयानको इरानका राष्ट्रपति हसन रुहानीले निन्दा गरेका छन् । हसनले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’ को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ।

युरोपेली संघ–इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छिन्।