काठमाडौं — गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यो योजना गरिमा विकास बैंक लिमिटेडकोष प्रवर्द्धक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी सञ्चालन हुनेछ।
यो योजना नेपालको पहिलो खुलामुखी योजना हो, जसको कुल प्रारम्भिक रकम १ अर्ब बराबर रहेको छ। प्रारम्भिक चरणमा ५० करोड बराबरको प्रति इकाई १० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुनेछ। आवेदकहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
यसअघि गरिमा म्युचुअल फण्डले “गरिमा समृद्धि योजना” नामक बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनमा ल्याएको थियो, जसको कुल रकम रु। १ अर्ब २५ करोड रहेको छ। यस योजना पनि गरिमा विकास बैंक लिमिटेडकोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापकको साथ सञ्चालनमा छ।
गरिमा म्युचुअल फण्डले यस पहिलो खुलामुखी योजनाबाट लगानीकर्तालाई थप अवसर प्रदान गर्दै नेपालको लगानी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।


























































