काठमाडौं । भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप हस्तान्तरण गरेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सहयोग गृहमन्त्री ओमप्रकाश अर्याल लाई औपचारिक रूपमा गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
तेस्रो खेपअन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री प्रदान गरिएको छ। आगामी निर्वाचनको तयारीलाई सहयोग पुग्ने गरी नेपाल सरकारले गरेको अनुरोधअनुसार उक्त सामग्री उपलब्ध गराइएको जनाइएको छ। नेपाली सेनाका लागि उपलब्ध गराइएका ट्रकहरू प्रधान सेनापति अशोक राज सिग्देल ले राजदूत श्रीवास्तवबाट ग्रहण गरे।
कार्यक्रममा गृहमन्त्री अर्यालले समयमै र महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धतामा आधारित रहेको उल्लेख गरे।
यसअघि माघ ६ र माघ १५ गते पहिलो र दोस्रो खेपअन्तर्गत ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री नेपाललाई हस्तान्तरण भइसकेको छ। थप सहयोग आगामी दिनमा विभिन्न चरणमा उपलब्ध गराइने बताइएको छ।
भारतीय पक्षबाट प्राप्त यस सहयोगलाई दुई देशबीचको बहुआयामिक विकास साझेदारी र गहिरो मित्रताको प्रतीकका रूपमा हेरिएको छ।पमा झल्काउँछ ।





























































