काठमाडौं – होटल फरेष्ट इनको आइपीओ बाँडफाँट आज भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आइपीओ बाँडफाँट गरेको हो।
कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरको थियो । कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
कम्पनीको सेयरमा २३ लाख ७१ हजार ३१५ जनाले आवेदन दिएका थिए। मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाडँफाँड गरिएको हो । भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।


























































