काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी छन् ।


ADVERTISEMENT


सामुदायिक रेडियो प्रसारक संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले निर्वाचन तयारीका सन्दर्भमा सुरक्षा लगाएतको जानकारी लिदा सहज रुपमा मतदान गर्न सक्ने अवस्थाका बारेमा पनि सूचनाहरु संकलन भइरहेको उल्लेख गरिन् । फागुन २१ को निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्त तीव्र गतिमा तयारी भइसकेको उनले बताइन् ।

मन्त्री श्रेष्ठले वर्तमान सरकारको प्रमुख म्याण्डेड निर्वाचन भएकाले निष्पक्ष, स्वच्छ, स्वतन्त्रता, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको रहेको धारणा राखिन् ।

मन्त्री श्रेष्ठले आगामी हरेक निर्वाचनमा महिलाको न्यून प्रतिनिधित्व हुने गरेको भन्दै आगामी दिनमा राजनीतिक दलहरु यसमा ध्यान दिनुपर्ने र निर्वाचन आयोगले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।