काठमाडौं–स्ट्राइकर मारियो बालेटेलीलाई इटालीको राष्ट्रिय टोलीमा पुनः बोलाइएको छ । शनिबार इटालीका नयाँ प्रशिक्षक रोबेर्तो मानचिनीले चार वर्षपछि उनलाई राष्ट्रिय टोलीमा बोलाएका हुन् ।


ADVERTISEMENT


५३ वर्षिय मानचिनीलाई चार पटकको विश्वविजेता इटाली रशियामा हुने विश्वकपमा पुग्न असफल भएपछि टोलीलाई पुरानै अवस्थामा फर्काउन सोमबार प्रशिक्षकमा नियूक्त गरिएको छ । उनको प्रशिक्षणमा इटालीले साउदी अरेबिया, फ्रान्स तथा नेदरल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ ।


ADVERTISEMENT

# # #


बालाटोलीले इटालीका लागि ३३ खेलमा १३ गोलको योगदान दिएका छन् । उनी पछिल्लो विश्वकपदेखि राष्ट्रिय टोली बाहिर रहँदै आएका छन् । सन्की स्वभावका कारण सिनियर खेलाडीले उनी बारेमा गुनासो गरेपछि उनी टोली बाहिर छन् । यस वर्षको फुटबल सिजनमा २६ गोल गरेपछि उनलाई पुनः राष्ट्रिय टोलीमा बोलाउन सकिने चर्चा चल्दै आइरहेको थियो ।

इटालीको राष्ट्रिय टोलीमा बालाटोलीसँगै ब्राजिलमा जन्मिएका डिफेन्डर इमेरसन पालमाइरीलाई पनि ३० सदस्यिय टोलीमा राखिएको छ । त्यस्तै मिडफिल्डर रोनाल्डो मानड्रागोरा, डेमेनिको बेरारडी, माटटिया कलडारा तथा ड्यानियले बासेलीलाई पनि टिममा मौका दिइएको छ भने भेट्रान गोल रक्षक बुफोनलाई भने टोलीमा बोलाइएको छैन ।