काठमाडौं–संघीय समाजवादी फोरमले सत्तारुढ एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि पनि सरकारमा जान तयार रहेको बताएको छ । तर, संविधान संशोधनबारे लिखित सहमति हुनु पर्ने अडान भने कायमै छ ।


ADVERTISEMENT


माओवादीसँग एकता गर्नुअघि एमालेले फोरमसँगै राजपालाई सरकारमा ल्याउन जोड दिएको थियो । माओवादी भने फोरमलाई मात्र सरकारमा ल्याउन चाहन्थ्यो । फोरमका नेताहरुका अनुसार जब दुई दलको एकता प्रक्रियामा समस्या देखिन्थ्यो, एमाले नेताहरु सरकारमा लैजान हतार गर्थे । तर, जब फेरि माओवादी नेताहरुसँगको वार्ता सकारात्मक हुन्थ्यो, सरकार विस्तार वार्ता छायाँमा पथ्र्यो ।


ADVERTISEMENT

# # #


एक नेता भन्छन्, ‘उहाँहरुको एकता भएपछि अब त्यस्तो नहोला भन्ने अपेक्षा राखेका छौं ।’ संविधान संशोधनसम्वन्धी सहमतिमा त्यसबेला पनि तीन दलबीच सहमति जुटेको थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संशोधनमा सहमति जुटेको भन्दै सरकारमा आउनासाथ सहमति हुने बताएका छन् ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि संशोधनमा सहमति जुटेको स्वीकार गर्छन् । उनले भने, ‘हाम्रो पार्टीले संशोधनमा लिखित सहमति भए सरकारमा जाने निर्णय गरेको छ । त्यो कायमै छ र सहमति भए सरकारमा जान खुला छौं ।’

तर, सहमति विपरित मन्त्रालय फुटाउने तथा राज्यमन्त्री राख्ने काम भएको फोरम नेताहरुको गुनासो छ । त्यसबेला फोरमले सहरी विकास र स्वास्थ्य मन्त्रालय लिने लगभग सहमति भएको थियो । तर, सहरी विकासबाट खानेपानी छुट्याएर नयाँ मन्त्रालय बनाइएको छ भने स्वास्थ्यमा एमालेबाट राज्यमन्त्री गएका छन् ।

फोरमका नेताहरुले यसलाई सच्याएर संविधान संशोधनमा लिखित सहमति गरेर अहिले पनि सरकारमा जाने बताउँछन् । तर, सहमति नभए विपक्षमा बस्ने अडान छ ।