काठमाडौं–जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आजबाट बिक्रि खुला भएको छ । यो इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि बिक्रि खुला भएको हो ।


ADVERTISEMENT


इलाम नगरपालिका वडा नं. १, ३ र ४ का स्थानीय बासीले यस आइपिओमा आवेदन दिन पाउनेछन् । कम्पनीले १०० रुपैयाँका दरले ३ लाख ७१ हजार ४०० कित्ता आइपिओ बिक्रि खुला गरेको हो ।


ADVERTISEMENT

# # #


यस आइपिओका लागि जेठ २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असार ११ गतेसम्म आवेदन खुला गरिने

बिक्रि प्रबन्धकले जनाएको छ । यो सेयरका लागि सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काइ विकास बैंकका शाखाबाट आइपिओका लागि आवेदन दिन सकिनेछ ।