काठमाडौँ– विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पहिलो चरणको स्थानीय तहको निर्वाचन अगावै सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सो पार्टीले आज भोलीमै सरकारमा सहभागी हुने तयारी गरेको हो ।


ADVERTISEMENT


आफूहरुको माग प्याकेजमा सहमति हुनासाथ सरकारमा सहभागी हुने पार्टीका मुख्य सचेतक योगेन्द्र चौधरीले बताए । उसले कैलालीको टीकापुरमा भएको घटनामा पक्राउ परेकालाई अविलम्ब रिहाई गर्नुपर्ने, संविधान संशोधन, दोश्रो चरणको निर्वाचनको सुनिश्चितता लगायतका विषय अघि सारेको छ ।


ADVERTISEMENT

# # #


मागबारे प्रधानमन्त्री सकारात्मक भएकाले आज भोलीमै सरकारमा सहभागी हुने संभावना रहेको सो पार्टीका नेताले बताएका छन् ।  जेठको पहिलो साता सरकारको नेतृत्व कंग्रेसलाई सुम्पिने तयारी गरेका प्रधानमन्त्री दाहाल मन्त्रीपरिषद् बिस्तारमा भने सक्रियताका साथ लागेका छन् । गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थानीय विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए । प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले स्थानिय तहको चुनावमा विपक्षी एमालेसँग गठवन्धन गरेको छ ।