काठमाडौँ – वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ ।
संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
हिन्दु अधिराज्य नेपाल पुनःस्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरुले माइतिघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव ¥याली समेत निकालेका थिए ।
प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुनःस्थापना गर लगाएतका नारा लगाएका थिए । त्यस्तै उनीहरुले दुर्गा प्रसाईलाई रिहा गर्न समेत माग गरेका थिए ।


























































