काठमाडौँ – एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति युवा क्लबबिरुद्ध सहज जित निकालेको छ ।


ADVERTISEMENT


आइतबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले नव जनजागृतिलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा नवजनजागृतिका निश्चल थापाले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि एपीएफका कप्तान हरि कार्कीले ४३औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।


ADVERTISEMENT

# # #


त्यस्तै ४६औं मिनेटमा एपीएफका युवराज थापा, ५९औं मिनेटमा समिराज थोकर र ६२ औं मिनेटमा अनिश घर्ती क्षेत्रीले गोल गर्दै एपीएफलाई सहज जित दिलाए ।

जितसँगै एपीएफले ६ खेल खेल्दै १६ अंक जोडेको छ । जनजागृति अंकविहीन छ ।