काठमाडौँ – नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोबाइलममा क्यूआरमार्फत पैसा दिएर भीड जम्मा पारेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार हेटौँडामा एक कार्यक्रममा बोल्दै बानियाँले बानियाँले चुनावी प्रचारप्रसारका क्रममा रास्वपाका नेताहरुका अभियानमा देखिएको भीड नक्कली रहेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यो मोबाइलमा उनीहरुले कहाँ–कहाँबाट पैसा जम्मा गरेर हाल्ने हो थाहा छैन, १० हजार जनालाई पैसा क्यूआर गरिदियो, भीड जनकपुर गयो, रवि र बालेन आएको कार्यक्रममा त कत्रो भीड भने, नेपालगञ्ज त्यही १० हजार बोकेर गयो, बुटवल, दाङ गएको छ । हल्ला गर्ने, काँग्रेसको टीसर्ट लगाएर भोट घण्टीमा भन्ने नैतिकता नभएका मान्छेहरु मोबाइलमा आतंक फैलाइरहेका छन् ।’

साथै उनले रास्वपामा देखिएको भीड यसअघि माओवादीमा देखिएका भीडजस्तै भएको र अन्त्यमा निराश हुनुपर्ने अवस्था आएजस्तै देश बर्बादीतर्फ धकेल्न लागिएको दाबी गरे । ‘हिजोको माओवादी आन्दोलनपछि लडाकूहरुको हालत जस्तो भयो, आज त्यसरी नै जेन्जी पुस्ताको आन्दोलनमा अकल्पनीय क्षति गरेर, जेलबाट भागेर, मोबाइलबाट क्यूआर गरेर भीड जम्मा गरेको, कानुन, नियम केही पनि नजानेको मान्छेले देश चलायो भने देश बर्बाद हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले गरिब जनताको पैसा अपचलन गरेको र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भाद्र २४ गतेको आगजनीमा देशलाई पुर्याएको बताउँदै उनले उनीहरुले देशलाई अप्ठ्यारोमा पार्न लागेको बताए ।

साथै उनले २०६५ सालमा प्रचण्ड भित्ते राष्ट्रपति भएजस्तै बालेन पनि भित्ते प्रधानमन्त्री हुने जिकिर गरे ।