काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।


ADVERTISEMENT


मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फाकुन्ले र रोहन कार्कीले गोल गरे भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठले एक गोल गरेका थिए । जितसँगै ६ खेलमा चर्च ब्वाइजको १३ अंक भएको छ भने समान खेल खेलेको आर्मीको ११ अंक रहेको छ ।