काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आर्थिक–सामाजिक रूपान्तरणको खाकासहितको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरेका छन् ।


ADVERTISEMENT

# # #


महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता राखेको धारणा राखे ।

नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको भन्दै उनले नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारमा केन्द्रीत हुने उल्लेख गरे ।

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने उनको मुख्य योजनाहरूमा राखिएको छ ।