बागलुङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीको सरकार बनेपछि शेर बहादुर देउवा र आफूबाट सम्पती छानबिनको काम सुरु गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र सबै भन्दा पहिला देउवा र आफ्नो सम्पती छानविन गरेर काम सुरु गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचनपछिको परिणामलाई सिंहदरबार जलाउन लगाउने र मौका परे जेलबाट भाग्ने अतिवाद आउन सक्ने भन्दै पाँच बर्षको समय देशलाई सम्हाल्नुपर्ने उनले बताए । उनले ख्याल गरेर गाडीलाई पाँच वर्षभित्र गन्तव्यसम्म पुर्याउने संकल्प गरेर आएको नयाँ कांग्रेस भएको उल्लेख गरे । थापाले कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा मतदाताको घर–घरमा पुग्नुपर्नेमा जोड दिए ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न समेत आग्रह गरे । उनले कांग्रेस संकल्प र प्रतिज्ञा गरेर आएकोले त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक रहेकाले मतदाता बुझाउन सक्नुपर्ने बताए ।

त्यसैगरी कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको भन्दै चुनावी प्रतिस्पर्धामा कांग्रेसको दुश्मन कोही पनि नरहेको बताए ।

निर्वाचनपछि सबै दलहरुले सत्तापक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने शर्माको भनाइ छ ।