काठमाडौं – मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण केहि देशका अन्तरराष्ट्रिय उडान रद्द भएपछि त्यसतर्फ जाने यात्रुहरु प्रभावित भएका छन् ।
दोहा, दुवई कुबेत, अबुधाबी, कतार, दमाम लगाएतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको छ । जसका कारण टिकट लिएर बिमानस्थल पुगेका यात्रहरु अलमलमा परेका हुन् ।
खाडी मुलुकमा विशेषगरि नेपालीहरु बैदेशिक रोजगारमा जाने गरेका छन् । उडान रद्द भएपनि यात्रुहरुले आफुहरु समस्यामा परेको जनाएका छन् ।
उडान कहिले खुल्ने भन्ने निश्चित नहुदा काठमाडौंमा बस्नुपर्ने बाध्यता भएको र आफुहरुसंग खाने बस्ने पैसा समेत नभएको केहि यात्रुहरुले गुनासो गरेका छन् ।
उडानहरु खुल्ने जानकारी आएपनि यात्रुहरुलाई जानकारी गराइने त्रिभुवन बिमानस्थलले जनाएको छ । बिमानस्थलले यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान आग्रह गरेको छ ।






























































