धुलिखेल –नेपाली कांग्रेस युवा तथा स्वयंसेवक परिचालन समिति काभ्रेपलाञ्चोकको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै बृहत् युवा भेला सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अब जनताको भ्रम चिर्नुपर्ने समय आएको बताएका छन्। उनले कार्यकर्तालाई गाउँबस्तीमा पुगेर आम मतदातालाई नेपाली कांग्रेसका उम्मेदवारलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे।
उनले केही नयाँ राजनीतिक शक्तिहरू सामाजिक सञ्जालमार्फत जनतामा भ्रम सिर्जना गरिरहेको आरोप लगाए। “घण्टी बजाएर र मोबाइलमार्फत भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, “जनतालाई सत्य कुरा बुझाउन अब कांग्रेस कार्यकर्ता सक्रिय हुनुपर्छ।”
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै बानियाँले नेता र नीति नफेरी केवल चुनाव चिन्ह परिवर्तन गरेर जनतामाझ जाने प्रवृत्ति देखिएको टिप्पणी गरे। उनले २०६४ सालको निर्वाचनमा त्रास र आशाको मिश्रित वातावरणमा मतदान भएको दाबीसमेत गरे। त्यसैगरी उनले केही दलहरू जनताको भावना भड्काएर र सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक लाभ लिन खोजिरहेको आरोप लगाए।
आज गरिबले जिवन यापन गर्नलाई दुःख गरेको पैसा चलाउनी र सिंहदरबार जलाउनहिरुको गठबन्धन भएको छ । उनले भने, यो देशका नेताहरुले आम जनतालाई भ्रम सिर्जना गर्नेहरु हिजो माओबादीको रुपमा थियो आज सामाजिक संजालभित्र देखिएको छ । त्यसैगरी रास्वपाको नेता भन्नेहरु जनताको पैसा चलाउने र एउटा सिहदरबार जलाउनेहरुको गठबनधन भएको छ । घण्टी पाटीले जनतालाई धेरै नै भ्रमण सिर्जना गरेको उनको भनाइ रहेको छ ।
कांग्रेस भने सधैं जनताको बीचमा रहेर काम गर्ने पार्टी भएको दाबी गर्दै उनले झुट र भ्रमको राजनीतिबाट टाढा रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्लाभरका युवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, मतदाता भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिने निर्णय गरिएको बताइएको छ।


























































