काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमै रहने भएका छन् ।


ADVERTISEMENT


आइतबार बिहान पक्राउ परेका प्रसाईलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


प्रसाईले देशमा निर्वाचन नजिकिँदै गर्दा शान्ति सु-व्यवस्थामा खलल पार्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पटक पटक पक्राउ गर्दै र छुट्दै आएका प्रसाई यसअघि फागुन १३ गते (४ दिन अघि) मात्रै छुटेका थिए ।