एजेन्सी–अर्जेन्टिनाका नम्बर एक गोलकिपर सर्जियो रोमेरोले विश्वकप फुटबलबाट बाहिरिएका छन् । म्यान्चेस्टर युनाइटेडका गोलकिपर समेत रहेका रोमेरो घुँडाको चोटका कारण विश्वकप खेल्न नपाउने भएका हुन् ।


ADVERTISEMENT


३१ वर्षीय रोमेरोले सन् २०१४ को फाइनलसहित अर्जेन्टिनाका लागि ९४ खेल खेलेका छन् । रोमेरो बाहेक टोलीमा चेल्सीका विली काबालेरो र रिभर प्लेटका फ्रान्को अरमानी गोलकिपरका रुपमा रहेका छन् । काबालेरोले हालसम्म अर्जेन्टिनाका लागि दुई खेल खेलेका छन् भने अरमानीले एक खेल पनि खेल्न पाएका छैनन् ।


ADVERTISEMENT

# # #


रोमेरोको स्थानमा टाइगरर्सका नाहुएल गुजमान टोलीमा समावेश हुने सम्भावना रहेको छ । अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डविरुद्ध विश्वकपको अभियानको शुरुवात गर्नेछ ।

अर्जेन्टिना विश्वकपको समूह डीमा रहेको छ ।