काठमाडौं–दुई पार्टीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको गृहजिल्ला झापाका १३ जना नेताले स्थान पाएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका १५ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व पाएका छन् ।


ADVERTISEMENT


आमन्त्रित स्थायी सदस्यलाई पनि हेर्दा चितवनबाट १६ जना नेता केन्द्रीय समितिमा समावेश छन् ।


ADVERTISEMENT

# # #


ओलीको गृहजिल्लाबाट को को परे ?

अध्यक्ष ओलीसहित युवराज खतिवडा, सुरेन्द्र कार्की, हिक्मत कार्की, युवराज कार्की, देवेन्द्र दाहाल, भाष्कर काफ्ले, रविन कोइराला, घनेन्द्र बस्नेत, नरेश खरेल, जीवन घिमिरे, हरि राजवंशी र धर्मशीला चापागाई
केन्द्रीय समितिमा परेका छन् ।

प्रचण्डको गृहजिल्लाबाट कोको परे ?

प्रचण्डसहित रामबहादुर थापा, रेणु दाहाल, नारायण दाहाल, कृष्ण खनाल, देवी ज्ञवाली, सीता पौडेल, सुरेन्द्र पाण्डे, सूर्यप्रकाश सुवेदी, गंगा बेल्वासे, ईश्वरीप्रसाद भट्टराई, सन्तु दराई, केशवलाल श्रेष्ठ, ज्ञानु बस्नेत र डीआर पौडेल केन्द्रीय समितिमा परेका छन् । स्थायी आमन्त्रित सदस्यमा परेका अमिक शेरचन पनि चितवनका १६ नेता समितिमा छन् ।