काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टीले प्रदेश दुईको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । संघीय सरकार र प्रदेश सरकारबीच बढ्दो तनावकाबीच नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको हो ।


ADVERTISEMENT


तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारको रवैयाका कारण समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताएका छन् । उनले विकास र समृद्धिको बाटो छाडेर मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले मनपरि गरेको आरोप लगाएका छन् । उता संघीय फोरम र राजपाका नेताहरुले भने प्रमुख प्रतिपक्ष काँग्रेसलाई नदिन नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्न खोजेको बताएको छ ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले संविधान संशोधनको प्रसंग उल्लेख गरेपछि विवादमा तानिएका थिए । त्यसयता राउतको अमेरिका भ्रमणमा संघीय सरकारले रोक लगाएपछि संघ र प्रदेशबीच तनावको स्थिति देखा परेको छ ।