काठमाडौं– पार्टी एकतापछि मर्यादा क्रममा आफूलाई पछाडि पारेको गुनासो गर्दै आएका नेकपाका नेता झलनाथ खनालले स्थायी कमिटी सदस्य छनोटमा पनि असन्तुष्टि जनाएका छन् । एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा ४५ सदस्यीय स्थायी समिति बनाउने निर्णय भएको थियो ।


ADVERTISEMENT


जसमा तत्कालिन एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ सदस्य समेटिनेछन् । नेकपाको नौ सदस्यीय सचिवालयले स्थायी कमिटीलाई पूर्णता दिने तयारी गरिरहेको छ ।


ADVERTISEMENT

# # #


यसैक्रममा तत्कालिन एमालेका तर्फबाट रघुजी पन्त, रघुवीर महासेठ, बेदुराम भुषाल र विष्णु रिमाललाई स्थायी कमिटीमा लैजाने निर्णय भएको नेता बेदुराम भुषालले बताए । यो निर्णयप्रति नेता खनालले असन्तुष्टि जनाएका हुन् ।

‘चार जनालाई स्थयी कमिटीमा लैजाने निर्णयमा मेरो असहमति हो’ खनालले स्रोतसँग भने, ‘ यो निर्णयले पार्टीमा योगदान पुर्याएकाहरुको उचित मुल्यांकन हन सक्दैन ।’ यद्यपी नेकपाको सचिवालय उच्च श्रोतले स्थायी कमिटीबारे अन्तिम निर्णय भैनसकेको जनाएको छ ।