काठमाडौं – ३३ किलो सुन गायब र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मोरङ जिल्ला अदालतमा बुधबार बयान दिँदै गोरेले दुवै प्रकरणमा आफ्नो संग्लनता नरहेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT


न्यायाधिश नारायण शर्माको इजलाशमा गोरेको बयान जारी छ । बन्द इजलाशमा जारी बयानमा गोरेले सुन र सनम हत्याबारे सबै कुरा भुजुङ गुरुङ र एमके अग्रवाललाई भएको तर्क प्रस्तुत गरेका छन् । बन्द इजलाशमा गोरेले सनमलाई यातना दिएको भिडियो देखाएर यो को हो त ? भन्दै गोरे पक्षका वकिल यमबहादुर मगरले प्रतिवाद गरेपछि भिडियो देखाइएन ।


ADVERTISEMENT

# # #


गोरेलाई अहिले यसअघि पक्राउ परेका ३० जनाबाट लिइएको बयान सुनाइँदैछ । उनीहरुको बयानसँगै गोरेलाई बीच–बीचमा प्रश्न गर्ने काम पनि भइरहेको अदालत स्रोतले बतायो । गोरेको बयान भोलिसम्म जारी रहनसक्ने सम्भावना रहेको बन्द इजलाशमा रहेका एक वकिलले बताए ।